नियम २०
तथ्य लुकाई दर्ता भएको निवेदन खारेज हुने
(१) संविधानको धारा १३३ को उपधारा (१) अन्तर्गत दर्ता भएको कुनै निवेदनमा संविधानसँग बाँझिएको भनी दावी गरिएको कुनै कानून वा त्यसको कुनै भाग वा प्रदेशसभाले बनाएको कुनै कानून संघीय संसदले बनाएके कानूनसँग बाँझिएको वा नगरसभा वा गाउँसभाले बनाएको कुनै कानून संघीय संसद वा प्रदेशसभाले बनाएको कुनै कानूनसँग बाँझिएको भनी दावी गरिएको समान विवादको विषयमा पहिले नै निवेदन परी इजलासमा विचाराधीन अवस्थामा रहेको देखिएमा वा अदालतबाट पहिले नै एकपटक निरुपण भइसकेको देखिएमा पछि दर्ता गराएको रिट निवेदन जुनसुकै अवस्थामा पनि इजलासले खारेज गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम जानीजानी तथ्य लुकाएको कारणले रिट निवेदन खारेज भएमा त्यस्तो निवेदन दिने व्यक्तिको नाम अभिलेखबद्ध गर्न इजलासले रजिष्ट्रारलाई आदेश दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम इजलासबाट भएको आदेश बमोजिम रजिष्ट्रारले सम्बन्धित व्यक्तिको नाम अभिलेखबद्ध गराई मुद्दा महाशाखा समेतलाई उपलब्ध गराउनेछ ।
(४) उपनियम (३) बमोजिमको अभिलेखलाई रजिष्ट्रार र सम्बन्धित महाशाखा प्रमुख समेतले इजलासको अधिकारक्षेत्र अन्तर्गत पर्ने मुद्दा दर्ता गर्दा विचार पु¥याउनु पर्नेछ ।